
बिहीबार कोरोना भाइरस संक्रमितको संख्या घटेको छ । बिहीबार काठमाडौंसहित देशभर ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना देखिएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।
बिज्ञापन



बिहीबारसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ८९१ जना पुगेको छ ।

हाल नेपालमा विभिन्न जिल्लाका क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने कोरोना संक्रमण भई विभिन्न आइसोलेसन सेन्टरमा ८ हजार ६०५ जना उपचाररत छन् ।
नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।