ओमकार फलोअप: नगरपालिकाको नाकै मुनीको सडक किन बनेन?

झापा जिल्ला प्रधानमन्त्री केपी शर्मा अोलीको जिल्ला। अझ भनौ पुर्ब कानुनमन्त्री हालका सरकारका प्रधान न्यायधिबक्ता अग्नि खरेलको गृह नगर। हो उनकै गृहनगर महारानी झोडाको स्कुलचौन चौक बाट २०० मिटर दक्षिण दहाल चौक भनौ कोईराला मन्दिर देखि पुर्व पट्टी जाने बाटो जसले गौरादह नगरपालिकाको बडा नम्बर ४ र ५ को लाई छुट्याउने गर्दछ।

यस भित्री सड्कको ट्रयाक माअोबादि समयमा खोलिएको हो। नक्सामा ५० फिट कायम भएको यस बाटोको मुख ७० फिट रहेको छ। लगभग ५०० मिटर बडि लामो यस बाटोले भित्री रुपमा स्कुलचौन डोरामारि जोड्ने गर्दछ। यस बाटो संगै स्थानीयको २ कि मि घुम्ने झन्झट बाट मुक्त भएका छन्। स्थानीय १०- १२ घर लाई प्रतक्ष्य जोड्ने बाटो अहिले उपेक्षित भएको छ। भनौ बाटो अहिले मिचिएर साबिकको भन्दा सानो भएको छ। बर्खा लागे संगै ठुल-ठुला खाल्डाखुल्डी हिलाम्मे बाटो संगै हिउँदमा धुलो हुने गर्दछ।

बिज्ञापन

बाटो साँघुरो हुनुमा स्थानीय दुई घर प्रमुख रहेका छन्। सिमा विवादले गर्दा अन्य लाई समेत असर गरेको देखिन्छ। बाटोको जग्गा ब्यक्तिले लामो समय देखि उपयोग गरेको र उक्त बाटो आफ्नो नाउँमा आउनु पर्ने नभए बन्न नदिने जिद्दीले बाटो बन्न नसकेको देखिन्छ।

स्थानीय मन्जु कार्की- “जे जस्तो विवाद भएनि नगरपालिका र दुबै वडा समन्वय गरेर सम्बन्धि ब्यक्ति संग छलफल गरि बाटो बनाउँनु पर्छ। सधैं हिलो र धुलोमा कसरी बस्ने?”

स्थानीय महेश अधिकारी-“यहाँ ४ र ५ कै बडा अध्यक्ष अाएर छलफल गरेको। ४ नम्बरका बडा अध्यक्षले आर्थिक बर्षमा बनाउँने भनेर गएको तर २ बर्ष सम्म फर्केर नआएको बताउँछन्। ३/४ पल्ट निवेदन दिदा पनि पनि सुनुवाइ भएन!”

उपेन्द्र राई जसले बाटोमा घर बनाएका छन्। चल्तीको बाटो जोतेर उपभोग गरिरहेका छन्। मुख्य समस्या यहीँ रहेको छ। आफ्नो माग सम्बोधन हुने भए मात्र बाटो बनाउँन दिन्छौं। माग सम्बोधन नभई बाटो बनाउँन खोजे जस्तो पनि प्रतिकारमा उत्रने कुरा बताउँछन्।

यस बाटो बारे वडा नम्बर ५ का बडा अध्यक्ष छत्रपती सुबेदीको भनाई-
” महारानी झोडाको नापी भएता पनि नक्सा प्रमाणित भएको छैन। ब्यक्तिगत रुपमा भोगचलन गरिरहेका छन्। ऐलानी जग्गा भनेर बसेका छन्। सरपन्ट नापी भन्दा अगाडि त्यहाँ बाटो देखिन्छ। हामीले उनिहरुले विभिन्न प्रायोजकका लागि सिफारिस माग्दा बाटोमा बसेका भनेर सिफारिस दिएका छौ। अहिले हामीलाई हटाउँने अधिकार पनि छैन। अाधिकारिक दर्हो प्रमाण पनि छैन।२० फिट को बाटो बनाउँने भनेर २ लाख पनि छुट्याइएका थियौ। त्यहीँ गएर काम गर्ने बाताबरण नभए पछि हामी चुप लाग्यौं। या त आयोगले बाटो विवाद मिलाउँनु पर्यो। या त त्यो समुदायमा बस्ने मिलेर आउँनु पर्यो। यस्तो गरे हामी बाटो बनाउँन तैयार छौ। नभए केही गर्न सक्दैनौं।”

वडा नम्बर ४ का सदस्य असल सुब्बा –
” राई र लिम्बू सुकुम्बासी हुन्। बाटो मिचेर बसेका हुन्। १५/२० बर्ष अगाडि देखि। हामीले बजेट नि छुट्याइएका हौ। सार्वजनिक बाटोमा हामीले केही गर्न सक्दैनौं। ७० फुटे बाटो मध्ये आदि उनिहरु बसेका छन् र बिचमा भोगचलन पनि गरेका छन्। हामीले मनाउँने कोसिस गरिरहेका छौ। हामी ३० फुट लिएर अरु उनिहरु लाई नै भोगचलन दिएर भए नि बाटो खोल्छौ।”

यसरी समग्रमा यस बाटो स्थानीय दुई घरको बिवादले नबनेको देखिन्छ। सिमाना जोडिएका दुबै वडाका जनप्रतिनिधि सकारात्मक भएका कारणले निकट भविष्य मै स्थानीय बिवाद टुंगि बाटो बन्ने छ भन्नेमा हामीले बिश्वास लिएका छौ।