विवादित आरडिटी परीक्षण रोक्ने तयारीमा सरकार

चौतर्फी आलोचना भएपछि सरकारले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण कम गर्ने तयारी गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब लामो समयसम्म क्वारेन्टिनमा बसेकाहरूको मात्र एन्टिबडी भए/नभएको पत्ता लगाउन आरडिटी गर्ने तयारी रहेको जनाएका छन्।

बिज्ञापन

‘दुई हप्ता बढी समय क्वारेन्टिनमा बस्नुभएकाहरूको पिसिआर गर्नुपर्दैन। त्यो बेलासम्म शरीरमा एन्टिबडी बनिसकेको हुन्छ र त्यसपछि उहाँहरू संक्रमण अरूमा सर्ने संम्भावना पनि हुँदैन,’ उनले भने।

डा. गौतमले क्वारेन्टिनमा १४ दिन पुगेका मानिसहरू छन् र त्यहाँ नयाँ मान्छे नथपिएको अवस्थामा पनि पिसिआर परीक्षण गर्नु नपर्ने बताए।