हिमानी शाहद्वारा राहत सामग्री वितरण

पूर्वयुवराज्ञी हिमानी शाहले छात्राहरुलाई राहत सामग्री वितरण गरेकी छन्। सोमबार पूर्वयुवराज्ञी शाहले जनकपुरधाम स्थित सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्यनरत छात्राहरुलाई पानी स्वतः शुद्ध हुने बोतल वितरण गरेकी हुन् ।

सो क्रममा शाहले कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुसँग अन्तरक्रिया गरिन् । सो अन्तरक्रियामा शाहले स्कुल समयमा छात्राका समस्याहरुको बारेमा बुझ्ने प्रयास गरेकी थिइन्।

बिज्ञापन