
काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका १४ प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ । गृहमन्त्रालयको मंगलबारको निर्णयअनुसार डीआईजीहरुको सरुवा भएको हो । यस्तै १७ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरुको पनि सरुवा भएको छ ।
साउन १ गतेदेखि लागू हुने गरि गृहले मंगलवार १४ जना डीआईजी र १७ जना एसएसपीको सरुवा निकालेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालयका डीआईजी चन्द्र प्रकाश गौतमको कार्य तथा सुरक्षा विभागमा सरुवा भएको छ । यस्तै डीआईजी कृष्णभक्त बम्हचार्यलाई २ नम्बर प्रदेशमा सरुवा गरिएको छ ।