
जनकपुर : जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । दुई जना बडाध्यक्ष र एक जना बडा सदस्यले नगरसभा खारेजीको माग गर्दै रिट दायर गरेका हुन् ।

रिट दायर गर्नेमा बडा नम्बर सातका अध्यक्ष जानकीराम साह, नौका अध्यक्ष परमेश्वर साह र वडा नम्बर ७ का सदस्य नाजिर हुसैन छन् । रिटमा प्रमुख साह र जनकपुरधाम उपमहानगरपालिका कार्यालयलाई विपक्षी बनाइएको छ ।
बिज्ञापन



रिटमा बहुमत वडाध्यक्ष र सदस्यहरू विरोधमा रहेको बेला नगरप्रमुख साहले अवैधानिक तरिकाले लुकिछिपी नगरसभा गरेको उनीहरुको आरोप छ । वडाध्यक्षहरुको विरोधकाबीच उपमहानगरले यो वर्षको बजेट सार्वजनिक गरेको थियो ।
