गृहमन्त्रीकाे राजीनामा माग्दै सांसदहरुले  गरे नाराबाजी

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै   प्रतिपक्षी दलका सांसदहरुले नाराबाजी गरेका छन् । उनीहरुले भिजिट भिसा प्रकरणमा मुछिएका गृह मन्त्रालयका कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने र गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गर्दै नाराबाजी गरेका हुन् ।

बैठक सुरु भए लगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका थिए ।

सत्तापक्षका सांसदहरुले संसद अवरोध गरेर बोल्न रोकेको भन्दै बैठक सन्चालनको माग गरे पछि प्रतिपक्षी दलहरुले गृहमन्त्रीविरुद्ध नाराबाजी थालेका हुन् ।