
काठमाडौँ । काठमाडौँको टोखाबाट अपहरणमा परेका एक व्यक्तिलाई प्रहरीले सकुशल उद्धार गरेको छ । अपहरणमा पर्नेमा रामबाबु साह नाम गरेका व्यक्ति रहेका छन् ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार साहलाई लोकन्थलीको नरेफाँटबाट सशुकल उद्धार गरिएको हो । थापाले अपहरणमा संलग्न ७ जनालाई समेत पक्राउ गरेका जानकारी दिए ।
बिज्ञापन



२५ लाख रुपैयाँ लेनदेनको मामिलामा साहलाई अपहरण गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले बताएको छ । अपहरणकारीले अपहरित साहका छोरालाई फोन गरेर ‘२५ लाख रुपैयाँ लिएर आउन र बुबालाई फिर्ता लैजान भन्दै’ फोन गरेका थिए ।

उक्त फोनपछि साहका छोराले प्रहरीलाई सम्पर्क गरेका थिए । प्रहरीले पैसा बुझाउन जाने बाहनामा साहको सकुशल उद्धार गर्न सफल भएका हुन् ।
यसबारे थप विवरण आउन बाँकी रहेको छ ।