
काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेनले छात्राहरुलाई याैन दुर्वव्यहार गरेपछि अभिभावकहरुले आन्दोलन गरेका छन् ।
शिक्षालयका होस्टल वार्डेनले होस्टलमा बसेको छात्राहरुलाई दुर्वव्यहार गरेकाे आराेप लागेपछि अभिभावकहरु आन्दोलन गरेपछि गरेको हो ।झडपको अवस्था आएपछि प्रहरी टोली स्कुलमा पुगेको महानगरीय प्रहरी वृतका डिएसपी ढुण्डीराम न्यौपानेले बताए । उनले नेपालप्रेससँग भने,‘अहिले त्यहाँ तनावग्रस्त छ हामी भखरै पुग्याै। थप खुल्न बाँकी छ । ’उनका अनुसार अभिभावकले प्रहरीलाई खबर गरेपछि प्रहरीटाेली त्यहाँ पुगेकाे हाे ।