
काठमाडौं– नारायणी अस्पतालमा मंगलबार मृत्यु भएका एक बृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार मृतक वीरगञ्जका ७० वर्षका पुरुष हुन् ।
बिज्ञापन



डा. सिंहका अनुसार ती पुरुष श्वासप्रश्वासको समस्या लिएर साउन ५ गते एड्भान्स मेडिकेयर नामका निजी अस्पतालमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि उक्त अस्पतालले ६ गते नारायणी अस्पतालको व्यवस्थापनमा सञ्चालित कोभिड अस्पतालमा रेफर गरेको थियो ।

ती पुरूषको उपचारका क्रममा ६ गते बेलुका ४ बजे नै मृत्यु भएको थियो । अस्पतालले कोरोनाको आशंका गर्दै नमूना संकलन गरी उनको शव कोरोना व्यवस्थापन निर्देशिका अनुसार अस्पतालमै राखेको थियो ।
उनको बुधबार आएको परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ आएको डा सिंहले बताए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।