धरानको पालिका तरकारी बजारमा आगलागी, ११ पसल जले

सुनसरी – सुनसरीको धरान उपमहानगरपालिका-३ मा रहेको पालिका तरकारी बजारमा आगलागी भएको छ ।

आगलागीबाट फलफुल र तरकारीसहित कस्मेटिक, किराना, होटलसहित ११ पसल जलेका छन् । आगलागीबाट ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कस्मेटिक पसलबाट विद्युत् सट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले बताउनुभयो ।

बिज्ञापन

तरकारी बजार क्षेत्रमा पसल गर्नेहरु हिजो बेलुका पसल बन्द गरी घर गएका थिए । बिहान लागेको आगो धरान उपमहानगरपालिकाको दमकल, नगर प्रहरी तथा स्थानीयबासिन्दाले निभाएका छन् ।

पालिका आफैँले सञ्चालन गरेको तरकारी बजारमा आगलागी भएको उपप्रमुख मञ्जु भण्डारी सुवेदीले जानकारी दिनुभयो ।