जनप्रतिनिधिले कर्मचारी कुट्ने होडबाजी ,गाउँपालिका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात

नुवाकोट । नुवाकोटको तार्केश्वर गाउँपालिकाको उपाध्यक्ष तारादेवी रिमालले आफूले भनेका योजनाको लागि बजेट नदिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत अशोक दाहालमाथि कार्यकक्षमै हातपात गरेकी छन् ।

तार्केश्वर गाउँपालिकाको उपाध्यक्ष तारादेवी रिमाल

उनले कठालो समातेर लछार–पछार गरेर दाहालको सट नै च्यातिदिएकी हुन् । आफ्नो नेतृत्वको मानमर्दन गर्ने गरी आक्रमण गरिएकाले भन्दै उपयुक्त बातावरण बननेसम्म काम नगर्ने भन्दै गाउँपालिकाका कर्मचारीले कार्यालय बन्द गरी बिरोधमा उत्रिएका छन ।

बिज्ञापन

गाउँपालिकामार्फत तर्जुमा भएका योजनाको सीमा बाहिर गएर चार वटा योजनामा ६ लाख रुपैयाँ दिन ठाडो आदेश दिएपछि नीतिगतरुपमा नमिल्ने बताएपछि आफूमाथि कार्यकक्षमै हातपात गरिएको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए ।

यसअघि पनि गाउँपालिकाको अध्यक्षले भनेको स्थानमा मात्रै योजना दिने गरेको भन्दै उपाध्यक्ष रिमावले अभद्र व्यवहार गर्ने गरेको दाहालको भनाइ छ । स्थानीयसहित संघ–संस्थाले तारादेवीको गलत कार्यको विरोध गरेका छन् ।