
शुक्रबार देशभर २२४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभकार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २२४ जनामा कोरोना संक्रमण देखिएको बताए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ । कुल संक्रमितमध्ये शुक्रबार सक्रिय संक्रमितको संख्या ५ हजार ३१६ रहेको छ ।
बिज्ञापन



आज थप १५१ जनाले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । आजसम्म १४ हजार ३९९ जना निको भएर घर फर्किएका छन् । कुल संक्रमितमध्ये ७२.०८ प्रतिशत संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा १० हजार ७६८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । अहिलेसम्म ३ लाख ७५ हजार ४१६ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । आज देशभरका क्वारेन्टाइनमा १२ हजार १११ जना रहेका छन् ।