पछिल्लो २४ घण्टामा ३ सय १५ संक्रमित थपिए, संक्रमितको संख्या २० हजार नाघ्यो

शनिबार ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । मन्त्रालयको तथ्यांकअनुसार आजसम्म देशभर कूल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या ५ हजार ३३८ रहेको छ । उनीहरूको विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा देशभरबाट ९३ जनाले कोरोनालाई पराजित गरेर घर फर्किएका छन् । अहिलेसम्म १४ हजार ४९२ जनाले कोरोना भाइरसलाई जितेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घटनाको अवधिमा ६ हजार ९३९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या ११ हजार ५३३ रहेको छ ।