बिश्व स्वास्थ्य संगठनको आपतकालिन बैठक, कोरोनालाई विश्वव्यापी महामारी घोषणा

काठमाडौं। विश्व स्वास्थ्य संगठनको आपतकालीन कमिटीको बैठक सम्पन्न भएको छ ।

बैठकपछि डब्लूएचओका प्रमुख डा. टेड्रोस एडहानम गेब्रियससले अहिलेसम्म कोरोना संक्रमण विश्व महामारीकै रूपमा रहेको बताएका छन् ।

बिज्ञापन

डब्लूएचओले गत वर्ष जनवरी ३० तारिखमा कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेको थियो ।
बैठकले अहिले पनि यो विश्वव्यापी महामारी नै रहेको निष्कर्ष निकालेको छ ।

‘ टेड्रोसका अनुसार ‘साताको सुरुमा जहाँ संक्रमण कम देखिएको थियो, त्यहाँ अहिले रोग तीव्र गतिमा फैलिरहेको छ ।’

तीन महिनापछि डब्लूएचओको पुनः आपतकालनी कमिटीको बैठक बस्ने र कोरोनाको स्थिति समीक्षा गर्ने तय भएको छ।