
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी गरिएको छ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही गरिएका ११ जनालाई बोलाइएको छैन । उनीहरुबाहेक सबैलाई बोलाइएको छ ।
बिज्ञापन



कारबाहीमा नपरेका माधव समूहका नेताहरु पनि गएका छैनन् । माधव समूहले विधानले नचिन्ने बैठक गुटको भएकाले अनुपस्थित भएको जानकारी दिएको छ ।

गएको फागुन २८ मा अध्यक्ष ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।