
दमक। झापाको दमकबाट ६३ जनाको स्वाब पीसीआर परीक्षणका लागि विराटनगर पठाइएको छ । शनिबार अबेर स्वाब संकलन सकिएकाले संकलित स्वाब आज पठाइएको दमक नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

वहाँका अनुसार स्वाब पठाइएकामा फ्रन्ट लाइनमा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी १८ जना, कन्ट्रयाक ट्रेसिङ्गका ६ जना, एम्बुलेन्स चालक ८ जना, क्वारेन्टाइनका १२ जना र अन्य सरकारी कार्यालयमा कार्यरत कर्मचारी रहेको सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो ।
बिज्ञापन



स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको छ । दमकका अहिले सम्म १२ जनामा कोरोना संक्रमण पुष्टि भएको र १० जनाले कोरोना जितिसकेको पनि भट्टराईले जानकारी दिनुभयो ।
