
काठमाडौँ । नेपाल टेलिकमले आफ्नो सीडीएमए सेवा पुर्ण रुपमा बन्द गर्ने भएको छ ।
यसअघि रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले नै नेपाल टेलिकमले दिँदै आएको सीडीएमए सेवा सन् २०२२ बाट बन्द गर्ने निर्णय गरेको थियो ।
यसै अनुरुप यस वर्षको वार्षिक कार्यक्रममा सीडीएमए सेवा बन्द गर्ने कार्यलाई प्रमुख कार्यक्रमको रुपमा अघि बढाएको हो ।
टेलिकमले अब कम्पनीले स्काईफोन बन्द गर्ने र त्यसमा रहेका प्रयोगकर्तालाई जीएसएम सेवामा रुपान्तरण गर्ने योजना ल्याएको हो ।
पछिल्लो समय नयाँ र सहज प्रविधिको रुपमा जीएसएम मोबाइल सेवाको विस्तारले रफ्तार लिएको छ । यस्तो अवस्थामा पुरानो प्रविधिमा आधारित सीडीएमए सेवालाई रुपान्तरण गर्न लागिएको टेलिकमले जनाएको छ ।