
काठमाडौं । राजा वीरन्द्रका एडिसी नेपाली सेनाका अवकाश प्राप्त उपरथी ताराबहादुर थापाको ७४ वर्षको उमेरमा निधन भएको छ। थापा वीरेन्द्रका प्रिय र निकट थिए ।
भारतको नयाँदिल्लीमा उपचारका क्रममा फोक्सोमा समस्या भएका कारण उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको पार्थिव शरीर शनिबार नै काठमाडौं ल्याउने तयारी भइरहेको छ।