
काठमाडौं । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलन आज हुँदैछ ।

बिहान ११ बजे राष्ट्रिय सभा गृहमा सम्मेलनको उद्घाटन हुने भएको हो । सम्मेलनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
बिज्ञापन



ओली मौसम प्रतिकूलताका कारण हिजो बाग्लुङको कार्यक्रमबाट काठमाडौं आउन सकेनन् ।

सम्मेलनलाई सम्बोधन गर्न आजै बिहान काठमाडौं आउने भएका छन् ।
उनी हिजो पर्वत र बाग्लुङमा पार्टीको जिल्ला कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न गएका थिए ।