यस कारण जेठ १२ गते (भोली) एक दिन देशभरका अदालत  बन्द हुने

काठमाडौं–पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको पार्थिव शरीरलाई शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

बिहीबार राति ९९ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएका उनको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्युष्टि गरिएको हो । पूर्व प्रधानन्यायाधिश खत्री पछिल्लो समय अल्जाईमर्स रोगबाट पीडित थिए ।
नेपालको छैठौं प्रधानन्यायाधीश बन्न सफल भएका खत्रीले प्रेस काउन्सिल नेपाल र राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए ।
खत्री प्रधानन्यायाधिशबाट अवकाश पाएपछि २०४३ सालमा नेपालका लागि चीनको राजदूत समेत बनेका थिए ।

यसैबीच, सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधिश खत्री निधनको शोकमा जेठ १२ गते (भोली) एक दिन देशभरका सम्पूर्ण अदालत बन्द राख्ने निर्णय पनि गरेको छ ।