
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ । प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्रीको सचिवालयका सदस्यको स्वाब संकलन गरिएको छ ।

यसअघि पनि प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गरिएको थियो । उक्त परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको थियो । अहिले प्रधानमन्त्रीको क्लोज कन्ट्रयाक्टमा रहेका सबैको स्वाब परीक्षण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बिज्ञापन



यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उनको परिवारका सदस्यहरूको कोरोना परीक्षण गरिएको थियो। परीक्षणाका क्रममा प्रचण्डसहित परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको थियो भने उनको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीको रिपोर्ट पोजेटिभ आएको थियो ।
