कोरोना भाइरस नियन्त्रणका चीनले उठाएको कदमको प्रशंसा ; ट्रम्पले दिए सीलाई धन्यवाद

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई कोरोनाभाइरस नियन्त्रणका लागि उनको देशले उठाएको कदमको लागि धन्यवाद दिएका छन् ।

 

बिज्ञापन

‘चीनले कोरोनाभाइरस नियन्त्रण गर्ने धेरै मेहनत गरिरहेको छ,’ ट्रम्पले ट्वीटरमा पोष्ट गरेका छन्, ‘चिनियाँ सरकारको प्रयास र पारदर्शीतालाई धेरै अमेरिका सराहना गर्छ । यसले राम्रो नतिजा देखाउनेछ । विशेषत, अमेरिकी जनताको पक्षबाट म राष्ट्रपति सीलाई धन्यवाद दिन चाहन्छु ।’

 

विज्ञका अनुसार चीनले कोरोनाभाइरसको प्रकोपविरुद्ध सन् २००२ मा फैलिएको सार्स प्रकोपको समयमा भन्दा बलियो र पारदर्शी कदम चालेको छ ।

 

रोगलाई नियन्त्रण गर्ने प्रयासमा चीनले शुक्रबार उहानमा एउटा पूर्ण नयाँ हजार बेडको अस्पताल निर्माण सुरु गरेको छ । चीनभर १५ सहरमा यातायात प्रतिबन्ध लगाइएको छ ।

 

बुधबार एक अन्तरवार्तामा ट्रम्पले भाइरस नियन्त्रणमा आइसकेको हुनसक्ने बताएका थिए । उनले चिनियाँ सरकार रोगलाई लिएर पारदर्शी रहेको विश्वास व्यक्त गरे ।

 

‘हामीले सम्पूर्ण कुरा नियन्त्रणमा लिएका छौं । सबै राम्रो हुनेछ,’ ट्रम्पले सीएनबीसीका जो करनेनलाई भने ।

 

शुक्रबार भाइरसको डरका कारण विश्वका कैयौँ स्टक बजारका सूचकमा ह्रास आएको थियो ।कोरोना भाइरसले विकराल रुप लिँदा संक्रमणका कारण हालसम्म ५६ को मृत्यु भइसकेको छ भने २ हजारमा रोग पहिचान भइसकेको छ ।