सुनको मूल्य घट्यो, कति छ आज ?

काठमाडौं– नेपाली बजारमा आज आइतबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारछापावाल सुन प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँ कायम छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा सुनको भाउ नौ सय रुपैयाँ प्रतितोलाले घटेको हो ।

महासंघका अनुसार आज तेजाबी सुनमा पनि प्रतितोला नौ सय रुपैयाँले गिरावट आएको छ । आज तेजाबी सुन प्रतितोला एक लाख दुई हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार नेपाली बजारमा तेजाबी सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो ।

तर, चाँदीको भाउ भने सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको भाउ आइतबार ५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको भाउ एक हजार चार सय १० रुपैयाँ कायम छ ।