
प्रदेश १ मा शुक्रबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरका १३ महिला २० पुरुष, रंगेलीका ९ महिला १९ पुरुष, सुन्दरहरैचाका १ पुरुष, सुनसरीको दुहबीका २ महिला र ११ पुरुष, घुस्कीका ३ पुरुष, इटहरीका २ पुरुष, धरानका १ महिला र १ पुरुष, देवान्जञ्जका १ पुरुष र रामधुनीका १ महिला कोरोना संक्रमित भएका छन् ।



यस्तै झापाको दमकका २ महिला र ४ पुरुष, भद्रपुरका २ पुरुष, शिवसताक्षीका १ पुरुष तथा सिरहा र धनुषाका १÷१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शुक्रबार पुष्टि भएकासँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ । प्रदेश १ बाट आज ३५ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।
मेची अस्पताल झापाबाट १७, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट १२ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज भएकाहरु झापाका १५, मोरङका १४, इलामका ४ र सुनसरीका २ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७५ पुगेको छ ।