
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका बासिन्दाले नगरपालिकाको कार्यालयमा शनिबार तालाबन्दी गरिदिएका छन्।

होटलमा कोरोनाविरुद्धको खोप लुकाएको आरोप लागेका नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्कालाई कारवाहीको माग गर्दै स्थानीयबासीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्।
बिज्ञापन



स्थानीयबासी, नेपाल बिद्यार्थी संघ तथा अखिल क्रान्तिकारीका कार्यकर्ताले संयुक्त रुपमा तालाबन्दी गरेका हुन्।

खोप कालोबजारी गरेको आरोप लागेका खड्कासहितका कर्मचारीमाथि हदैसम्मको कारबाही नहुन्जेल तालाबन्दी नखोलिने नेविसंघ झापाका सचिव पोषराज कटुवालले बताए।