
काठमाडौं – भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सहित ३ जना वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिवार आएको कोरोना परीक्षणको रिर्पोटमा डा.श्रीराम तिवारी, आकस्मिक कक्षका चिकित्सक डा.कृपा पौडेल स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्रा.डा.सुनिलमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित चिकित्सकहरु कसरी संक्रमण भयो आफुलाई केही थाहा नभएको बताएका छन् ।अहिले उनीहरुको अवस्था सामान्य रहेको र अस्पतालकै आइशोलेसनमा बसेको भरतपुर अस्पतालले बताएको छ ।
त्यस्तै भरतपुर अस्पतालमा शनिबार राति आएको रिपोर्टमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।