झापाको दमकका ४ सहित प्रदेश १ मा ८३ संक्रमित थपिए

विराटनगर, १ भदौ । प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् भने २४ जना डिस्चार्ज भएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २९ जना संक्रमित थपिएका छन् । थपिएका मध्ये १३ महिला र १६ पुरुष छन् । बेलबारीमा ७ महिला ३ पुरुष, बुढीगंगामा १ महिला ३ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

बिज्ञापन

सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरानमा १२ महिला ६ पुरुष, गढीमा ४ पुरुष, इनरुवामा ४ पुरुष, देवानगञ्जमा ३ पुरुष, कोशी र रामधुनीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । झापाको दमकका ४ पुरुष, शिवसताक्षीका २ र कनकाईका १ पुरुष र जनकपुरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९२ पुगेको छ ।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट १७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १ जना डिस्चार्ज भएका हुन ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसै गरी विराटनगर महानगरपालिकामा छापछापि देखिएको कोरोना भाइरसले भन्सारका कर्मचारीलाइपनि छोडेन विराटनगर भन्सार कार्यालयका ४ जना कर्मचारीको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

२० जना कर्मचारीको स्वाब संकलन गरि परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

प्रदेश १ मा सवैभन्दा बढी संक्रमित भएको जिल्ला मोरङ हो जस्मा १ हजार २२ जना संक्रमित रहेका छन् । त्यस्तै झापामा ४ सय ३० , सुनसरीमा ३ सय ३३ रहेका छन् भने उदयपुरामा १ सय ८ रहेका छन् । यसैगरी इलाममा ८१ ,खोटाङमा १९ , ओखल्ढुङगामा १८ , धनकुटामा १७ , तापलेजुङमा १२,तेह्रथुममा ९ ,सोलुखुम्बुमा ७ , पांचथर ७ , भोजपुरमा ६,संखुवासभामा ५ र यन्य १८ जना रहेका समाजिक विकास मंत्रालयले जनाएको छ ।