झापाको शिवसताक्षी नगरपालिकामा आज राति १२ बजेदेखि ८ गतेसम्म लकडाउन

शिवसताक्षी । झापामा कोरोना भाइरस समुदायमा फैलन थालेपछि शिवसताक्षी नगरपालिकामा पनि लकडाउन हुने भएको छ ।

अन्य पालिकाहरुमा लकडाउन भइरहदा शिवसताक्षीमा कोरोना भाइरसको संक्रमणको जोखिम बढेकाले नगरपालिकाले आज राति १२ बजेदेखि ८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

नगर कार्यापालिकाको बैठकले होटल बाहेका पसलहरु विहान ८ बजेबाट दिउँसो १२ बजेसम्म खोल्न पाउने निर्णय गरेको छ ।

हाट बजार भने अर्को सूचना नआएसम्म पूर्ण रुपमा बन्द गरिएको नगर प्रवक्ता नविन इजमले जानकारी दिए ।

व्यापारीले समाजिक दुरी कायम गरी सेनेटाइजर, मास्क, ग्लोब्स साथै अन्य स्वास्थ्य सामाग्री अनिवार्य रुपमा लगाएर मात्र पसल सञ्चालन गर्नु पर्ने नगरपालिकाले जनाएको छ ।

। नगरपालिकाले आफ्ना कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई अनिवार्य परिचयपत्र साथमा लिएर मात्र कार्यक्षेत्रमा खटिन आग्रह गरेको छ ।

लकडाउन अवधिभर नगरभित्रका बजारमा औषधि पसल बाहेक अन्य तोकिएको समय भन्दा बाहिर सञ्चालन गरे कारवाही गरिने प्रवक्ता जानकारी दिएका छन्। लकडाउन अवधिभर नगरवासीलाई बिनाकारण घर बाहिर ननिस्कन साथै निस्किएको खण्डमा कार्वाही हुने नगरप्रमुख चन्द्रकुमार सेर्माले बताएका छन् ।