सरकाले अब १८ वर्ष पुगेपछि मात्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने

काठमाडौं । प्रदेश ३ सरकाले अब १८ वर्ष पुगेपछि मात्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने भएको छ ।

 

बिज्ञापन

हालको कानुनअनुसार १६ वर्ष पुगेपछि दुईपांग्रे सवारीको लाइसेन्स लिन सकिन्छ । नयाँ व्यवस्थासहितको प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०७५ १८ माघ मै राजपत्रमा प्रकाशित भएको छ । नयाँ प्रावधान लागू गर्न प्रदेश सरकारले केन्द्रीय सरकारलाई आग्रह गरेको छ ।

 

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङकी प्रमुख कमला थापाले केन्द्रीय सिस्टम अनुसार नै काम हुने भएकाले नयाँ कानुन लागू हुन नसकेको बताइन् ।

 

प्रदेश ३ सरकारले बनाएको कानुनमा लाइसेन्सका लागि १८ वर्ष उमेर पुग्नुपर्ने प्रावधान भएको उनले बताइन् । नयाँ प्रावधान लागू गर्न यातायात व्यवस्था विभालाई भने पनि विभागको सिस्टम परिवर्तन भएको छैन ।