इटहरीका २१ सहित सुनसरीमा ५६ संक्रमित थपिए

सुनसरीमा मंगलबार अहिलेसम्मकै धेरै ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार ११ जना महिला र ४५ जना पुरुष गरी थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय सुनसरीका कोभिड–१९ फोकल पर्सन सिर्जना लिङ्थेपका अनुसार इनरुवाका २६, इटहरीका २१ र दुहबीका ७ जनामा कोरोना देािखएको थियो ।

मंगलबार बिहान धरानमा १ महिला र १ पुरुषमा संक्रमण देखिएको छ । यो सँगै सुनसरीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७६२ पुगेको छ ।

जसमध्ये ३५० जना कोरोनामुक्त भएका छन् भने ४ सय ७ जना सक्रिय संक्रमित छन् । कोरोनाबाट धरानका ५ जनाको मृत्यु भएको छ ।