सुनको भाउ सामान्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय बढेको छ ।

छापावाल सुन ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । हिजो ९१ हजार ५ सय थियो ।

बिज्ञापन

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य ९१ हजार ३ सय निर्धारण गरिएको छ ।

यसैगरी, चाँदी प्रतितोला १ हजार ३३० रूपैयाँ छ ।