आज देशका पहाडी क्षेत्रमा केही स्थानमा आंशिक बदलीको सम्भावना

काठमाडौँ : आज देशका पहाडी क्षेत्रका केही स्थानमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेका कारण प्रदेश १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ।

अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । तराईका थोरै भूभागहरूमा हस्सु÷कुहिरो लागेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बिज्ञापन

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।