जोगवनी नाका सामान्य अवस्थामा फर्किँदै

काठमाडौं। जोगवनी नाकाबाट हुने आयातनिर्यात सामान्य अवस्थामा फर्किंदै गएको छ । सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा आएसँगै आयातनिर्यात सामान्य बनेको हो।

लकडाउन खुकुलो भए संगै नजिकिएको दसैंका कारण उद्योग सञ्चालनमा छन् । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाका अनुसार उद्योग सञ्चालन भए सँगै बजार पनि चलायमान हुँदा आर्थिक चहलपहल सुरु भएको छ ।

बिज्ञापन

चैतदेखि असारसम्म प्रायःबन्द रहे का उद्योग भदौ तेस्रो सातासम्म पूर्ण रुपमा खुलेका छन्। नजिकिएको दसैंलाई लक्ष्य गरी अब बजारलाई पनि सुरक्षित किसिमले नियमित खुला गर्ने प्रयास भइरहेको छ ।पछिल्लो समय कन्स्ट्रक्सन, हाइड्रोपावर र स्टिलसँग सम्बद्धबाहेक करिडोरका सबै उद्योग सञ्चालनमा छन् ।

औद्योगिक कच्चा पदार्थसहित व्यापारिक सामान आयात र स्थानीय उत्पादन निकासी बढेपछि जोगवनीबाट हुने आयातनिर्यात सामान्य अवस्थामा फर्किएको छ।