
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले केपी ओली नेतृत्वको सरकार पाँच वर्ष नै टिक्ने बताउनुभएको छ ।
नेता नेपालले देशलाई समृद्धीतर्फ उन्मुख गराउनको लागि पनि केपी ओलीको सरकार ५ वर्षसम्म चल्ने बताउनुभयो । भर्खरै विकासले गति लिइरहेको समयमा सरकार परिवर्तनले यसमा असर पार्ने प्रस्ट्याउँदै नेता नेपालले सरकारलाई खल्बलाउन नहुने टिप्पणी गर्नुभयो ।
केहीदिन अघि एक टेलिभिजन कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व फेरिने बताएपछि राजनीतिक वृत्तमा सरकार परिवर्तनको चर्चा चलिरहेको छ ।
धेरै लामो समयपछि पार्टी एकताले पूर्णता पाएको स्मरण गर्दै नेता नेपालले अहिलको अवस्थामा पार्टीमा फुट ल्याउने विषयहरु उठाउन नहुनेमा जोड दिनुभयो ।
प्राध्यापक डा। आर के शाहद्वारा लिखित पब्लिक इकोनोमिक पुस्तक लोर्कापण कार्यक्रममा बोल्दै नेता नेपालले बजेट समग्रमा राम्रो बनेको टिप्पणी गर्नुभयो । ‘बजेट राम्रो बनेको छ,’ नेता नेपालले भन्नुभयो, ‘अब कार्यान्वयनमा ध्यान दिनुपर्छ ।’