
काठमाण्डाै – औषधि व्यवस्था विभागले गुणस्तरहीन नौ वटा उद्योगका स्यानिटाइटर प्रयोग नगर्न आग्रह गरेको छ । मान्छेको ज्यानै लिन सक्ने मिथानोल पदार्थ मिसाएका स्यानिटाइजर बिक्री वितरण भएको पाइएको भन्दै विभागले उपभोक्तालाई सचेत हुन पनि आग्रह गरेको छ ।
कम्पनी दर्ता भएको, मिथानोल प्रयोग नभएको, विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार भएको यकिन गरेर मात्रै प्रयोग गर्न विभागका महानिर्देशक नारायण ढकालले आग्रह गर्नुभयो ।
उत्पादन ठेगाना स्पष्ट नभएको, विभागमा दर्ता नभएको लगायतका स्यानिटाइजर प्रयोग नगर्न र बिक्री वितरण भएको पाइए विभागमा जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो । विभागले नौ वटा कम्पनीका स्यानिटाइजरलाई प्रतिबन्ध लगाउँदै प्रयोग नगर्न उपभोक्तालाई सचेत बनाएको छ । विभागले निम्न उद्योगका स्यानिजाइजरलाई प्रतिबन्ध लगाएको छ–
– चिनियाँ कम्पनीले उत्पादन गरेको ओपेकल नन्वासिङ एन्टिब्याक्टेरियल सोलुसन
– सम्पदा हेल्थ केयर ललितपुरबाट उत्पादित सासा इस्ट्यान्ट ह्यान्ड स्यानिटाइजर
– आरएल क्रप भारतले उत्पादन गरेको पामाकियर इस्ट्यान्ट ह्यान्ड स्यानिटाइजर
– श्रीनाथ हर्बल कस्मेटिक इण्डष्ट्री काठमाडौँले उत्पादन गरेको युनिकेयर इन्ट्यान्ट ह्यान्ड स्यानिटाइजर
– भक्तपुरको नेपाल कायाकल्प उद्योगको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर
– हाइजिन सोप एन्ड केमिकल प्राली काठमाण्डौको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल
– आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एड्भान्स ह्यान्ड स्यानिटाइजर
– सर्च केम कम हर्बल प्रोडक्टको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल
– सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजर