झापामा समुदायबाट प्लाज्मा बैंक स्थापना हुँदै

दमक । झापामा पिसिआर ल्याबपछि अब प्लाज्मा बैंक स्थापना गर्ने भएको छ । प्लाज्मा बैंक स्थापना गर्नका लागि अभियानका तर्फबाट ११ लाख रुपैयाँ सहयोग हुने नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

उनले भने, ‘हिजो हामीले प्लाज्मा बैंक स्थापनाका लागि बैठक गर्यौं । एकका लागि एक अभियानले ११ लाख रुपैयाँ दिने निर्णय गरेको छ । करिब २० लाख रुपैयाँमा बैंक बनिसक्छ।’ उनले असोज १० गते भित्रमा सञ्चालन गर्ने किसिमले काम अघि बढेको जानकारी दिए ।

बिज्ञापन

अभियानका संयोजक महेन्द्र गिरीका अनुसार पिसिआर ल्याबको सफल निर्माणपछि अब कोरोना भाइरस संक्रमणका गम्भीर बिरामीका लागि प्लाज्मा थेरापीका लागि प्लाज्मा बैंक स्थापनामा अभियान लागेको हो । उनका अनुसार कोरोना भाइरस संक्रमणलाई जितेर फर्केकाहरूको रगत संकलन गरेर प्लाज्मा निकालेर अन्य गम्भीर किसिमका संक्रमितको उपचारका लागि अभियानले पाइला चालेको हो ।

झापामा मेची अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचार हुने गरेको छ यसअघि, झापामा सञ्चालित एकका लागि एक अभियानले पीसीआर प्रयोगशाला स्थापना गरेर सञ्चालन गर्न थालिसकेको छ ।