
दमक । झापा क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे, दमक, गौरादह आसपास भारी वर्षा मापन भएको छ र थप वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ।

मेची, बिरिङ, निन्दा, रतुवा आसपासका साना नदीमा एक्कासी बहाव हुनसक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । देशभर मनसुन सक्रिय भएपछि वर्षा भइरहेको हो ।
बिज्ञापन



गत रातिदेखि परेको अविरल बर्षाको कारणले झापामा ठुलो धनजनको क्षति हुनसक्ने अनुमान गरिएको छ भने क्षतिको विवरण आइ नसकेको प्रशासनले जनाएको छ ।

तस्बिर :- मुकेश ठाकुर / प्रकाश बाँस्कोटा