“बाटोको भ्वाङ्ग कसले टाल्ने  ?”

स्थानीय निकाय गठन भएको यतिका समयमा स्थानीय स्तरमा बिकाशका राम्रा काम नभएका हैनन्। साथै विभिन्न कारणले जनप्रतिनिधिहरु बदनाम पनि उस्तै भएका छन्। एउटा नराम्रो कामले हजारौं राम्रा कामलाई अोझेल पारेको हुन्छ।

प्रसंग अन्तको हैन गौरादह नगरपालिका वडा नम्बर ७ ग्वाल्डुब्बा बाट पश्चिम भुरुङ्गचौक जाने बाटो। अझ बुझ्ने गरि भन्ने हो भने प्रदेश सदस्य अम्बर सिवाकोटीको घर जाने बाटो। यतिले नि प्रस्ट भएन भने वडा अध्यक्ष बलराम खरेलको घर जाने बाटो। थाहा छैन कति पटक यहीँ बाटो भएर ओहोरदोहोर गर्छन् जनप्रतिनिधि। यहीँ बाटोको होमपाएप बिचको भ्वाङ्गमा आजसम्म कसैको ध्यान गएको छैन या गएर पनि वास्ता गरिएको छ।

बिज्ञापन

जगदीश कुमार राजबंशि ७ नम्बर फकेटिप सिटि चालक-” म यहीँ बाटो भएर सधैं ओहोरदोहोर गर्छु। डर लाग्छ कहिले म नै दुर्घटनामा कतै पर्ने त हैन? मर्मत गर्न पाए हुनेथियो। यो बाटो हिड्ने नयाँ परे भने दुर्घटना हुने प्रवल सम्भावना रहेको छ। हाम्रो पीडा कसले सुन्छ र। माथिल्लो कल्भटमा ढुङ्गा राखेर छारो टार्ने काम मात्र भयो।”

संन्जय शाहनि-” घर बैगुनधुरा म दूध बोक्न बिहान बेलुकी दैनिक हिड्छु। लगभग दुई महिना बडि भयो यो भ्वाङ्ग र माथिल्लो कल्भटमा भ्वाङ्ग छोप्न ढुङ्गा राखेको देखेको मैले। राति कुनै सवारी साधन आए दुर्घटना हुने निश्चित छ। जनप्रतिनिधिको यसमा ध्यान किन जादैन?”

वडा नम्बर ७ का बडा अध्यक्ष बलराम खरेल- “म यहीँ बाटो भएर ओहोरदोहोर गर्छु। भर्खरै भ्वाङ्ग परेको हो। माथिल्लो कल्भटमा ढुङ्गा मैले नै राखेको हुँ। होमपाईप फेर्नु पर्ने छ। काम गर्दै जादा ढिलो छिटो हुन्छ नै स्वाकार्छु अब चाडैं हामी बनाउँछौ। नजिकै रहेको २ वटा होमपाईप अब का ४/५ दिन भित्रमा हामी फेर्ने छौ।”

तर वडा अध्यक्ष खरेल र स्थानीयको कुरा होमपाएपको प्रकृति हेर्दा मेल खादैन। भर्खरै भ्वाङ्ग परेको भनिरहदा उपभोक्त लामो समय देखि भएको बताउँछन्। मतलब कुरा आफै प्रस्ट छ यहाँ। हेर्दा पनि प्रस्ट हुन्छ भ्वाङ्ग संगै पुरै होमपाएप चर्किएको छ। दैनिक कुद्ने टिप्पर र सवारीसाधन दुर्घटनामा निम्ताउन सक्छ। तर पनि हेलचेक्राई किन? माथिल्लो कल्भटमा बिच बाटोमा भ्वाङ्ग मा ढुङ्गा राखेर के गर्न खोजिएको थाहा छैन।

तेसै गरि गौरादह नगरपालिका कै वडा ८ जुरोपानी पुल छेउबाट बैराति जोड्ने बाटो। जहाँ वडा कार्यालय भवन बन्दै छ। त्यहा बाट नजिकै भत्किएको होमपाएको भ्वाङ्ग अझै बन्न सकेको छैन। यता वडा कार्यालय बनी सक्न लाग्दा उता भ्वाङ्ग उस्तै छ। दुर्घटना जोखिम पनि बडिरहेको छ।

सुवास घिमिरे- “म कहिले काहिँ यहीँ बाटो मा हिड्छु। यतिका महिनामा पनि नभन्नु आफै दुर्भाग्य रहेको छ। पहिले भन्दा गल्ती लुकाउन खाल्डोलाई गिटिले पुर्दा पानिको निकास रोकिएको छ। भ्वाङ्ग देख्दादेख्दै पनि जनप्रतिनिधि किन मौन? कि वजेट छैन जनतालाई सहज हुने काम गर्न? वडा कार्यालय अगाडि लडिरहेका छन् होमपाईप। किन फेरिदैन? कि दुर्घटना भएर मानविय क्ष्यति हुनुपर्ने हो? ”

अर्जुन खनिया- “५ महिना बडि भयो म स्थानीय हु। अहिले माटो हालेर खाल्डो पुर्ने काम त भयो तर भ्वाङ्ग परेको होमपाईप फेरिएन। जरुरी फेरिनु पर्ने थियोे।”

ओमकार टाईम्सका पुष्प आर. जे ले बारम्बार उक्त कल्भटका बारे जानकारी गराउँदा वडा अध्यक्ष पोख्रेल हुन्छ मात्र भन्ने समस्या ज्यू का त्यू भएको ३ महिना बडि बितिसक्दा होमपाएप फेर्नुको साटो छेउमा माटो मिलाउनु र भ्वाङ्ग भएको होमपाएप नवनाईनुलाई शंकाको रुपमा हेर्ने ठाउँ प्रसस्त देखिन्छ।

समग्रमा हेर्दा नगरमा खोज्दै जाने भए यस्ता ब्यतिथि प्रसस्त छन्। जनप्रतिनिधिको “हुन्छ,गर्दैछौ भईरहेकोछ” एउटै रेडिमेट जवाफ पाईन्छ। यो समाचार तैयार गर्दा सम्म बडा अध्यक्ष खरेलले उक्त भ्वाङ्ग टाल्न कुनै काम सुरु गरेको देखिदैन। फलानोले गरिदिन्छ भन्दै पन्छिने गरेको देखिन्छ। आखिर कहिले टालिन्छ यस्तो भ्वाङ्ग प्रश्न हरेक उपभोक्तको रहेकोछ।