
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रियसभाको सदस्यमा मनोनीत गर्ने कार्य संविधानविपरीत भएको दाबी गरी सर्वोच्च रिट निवेदन पेस भएको हो ।
गौतमलाई राष्ट्रियसभाको सदस्यमा मनोनयनविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन पेस गरेका हुन् । उनले बामदेवलाई राष्ट्रियसभा सदस्य मनोनीत गरेको सिफारिस बदर गरी मन्त्री नबनाउन तथा सांसदको रूपमा कार्य नगराउन भनी निवेदन दिएको जानकारी दिए । उक्त रिट निवेदनमाथि ७ असोजमा सुनुवाइ हुने भएको छ ।
गत २९ भदौको मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिले गौतमलाई राष्ट्रियसभाको सदस्यमा मनोनीत गरेकी थिइन् ।