बाघको आक्रमणमा परि  चितवनमा ड्युटीमा रहेका  नेपाली सेनाका सैनिक गम्भीर  घाइते

चितवन । चितवनमा ड्युटीमा रहेका नेपाली सेनाका सैनिकमाथि बाघले आक्रमण गरेको छ । कसरा ब्यारेक पेरिमिटरमा गस्ती गरिरहेका सैनिक आक्रमणबाट गम्भिर घाइते भएका हुन् ।

घाइते हुनेमा ताप्लेजुङ थुम्लिङ २ का ३४ वर्षीय राज विक रहेको प्रहरीले जानकारी दिएको छ । उनको बायाँ कान नभएको र घाँटीमा भित्री चोट देखिएको जनाइएको छ । शुक्रबार अपराह्‍न ड्युटीमै रहेको समयमा उनीमाथि बाघले आक्रमण गरेको हो ।

बिज्ञापन

भरतपुरस्थित अस्पतालमा तत्काल उपचारका लागि लगिए पनि अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं छाउनी अस्पतालमा रेफर गरिएको छ।