
काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा एक हजार एक सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ४९ को पीसीआर गर्दा आज एक हजार एक सय ७२ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिज्ञापन



मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा १ हजार आठ सय ९३ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । योसहित संक्रमण मुक्त हुनेको संख्या ४९ हजार नौ सय ५४ पुगेको छ ।

त्यस्तै, आज सात संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै मृतकको कुल संख्या ४ सय ३६ पुगेको छ । हाल देशभर १७ हजार चार १४ जना सक्रिय संक्रमित रहेका छन् ।