चितवनमा जिप दुर्घटना,२ जनाको मृत्युु, ११ जना घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चल्ने ना ४ च ५०५० नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकको परिचय नखुलेको र घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बोलेरो अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएपछि करेन्ट सर्ट भएको थियो ।