
सरकारी टोलीले अनशनरत डा. गोविन्द केसीलाई भेटेर अनशन रोक्न अपिल गरेको छ ।स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधारको माग गर्दै विगत २३ दिनदेखि अनशनरत डा. केसीलाई शिक्षा सचिवसहित ३ जनाको टोलीले अनशन रोक्न अपिल गर्दै फर्किएको जनाइएको छ ।
अनशन रोक्न शिक्षण अस्पतालममा पुगेका टोलीलेले डा. केसीलाई सरकारकोतर्फबाट हालस्म औपचारिक वार्ता टोली नबनेकोबारेमा पनि जानकारी दिएको छ।
उनीहरुलाई डा.केसीले आफ्ना मागहरुमा छलफल गर्न सरकारले आधिकारिक रुपमा वार्ता टोली बनाएर पठाउनुपर्ने भन्दै फिर्ता पठाए ।