
काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २४६ जनाको मृत्यु भएको छ । त्यस्तै थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ ।
बिज्ञापन



मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार काठमाडौं उपत्यकामा २४ सय ८८ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार हाल ९५४ जना क्वारेन्टाइनमा छन् ।
