हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण पुष्टी

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

सामान्य लक्षण देखिएपछि सोमबार पीसीआर गर्दा आज उनीहरूको रिपोर्ट पोजिटिभ देखिएको हो ।

बिज्ञापन

कोरोना पुष्टि भए पनि स्वास्थ्य अवस्था भने समान्य रहेको आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

उनले आफूहरूको सम्पर्कमा रहेका सबैलाई होम आइसोलेसनमा बसेर पीसीआर गर्न पनि अनुरोध गरेका छन् ।