
काठमाडौँ, २३ असोज । नेपालमा ठूलो वर्षा हुने सम्भावना देखिएको मौसमविद्हरुले बताएका छन् ।
भारत बंगालको खाडीमा सामुद्रिक आँधी विकास हुने क्रममा रहेको र त्यो उत्तर सरेका खण्डमा नेपालमा ठूलो वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बंगाल खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रबाट सामुद्रिक आँधी विकास हुने क्रममा रहेको र यो नेपालतिर सरेको खण्डमा ठूलो वर्षा हुने सम्भावना रहेको बताए ।
‘यो चक्रवात बनेर नेपालतिर स¥यो भने प्रदेश १ देखि ४ सम्मै पानी पार्ने सम्भावना छ,’ मौसमविद् श्रेष्ठले भने ।
उनका अनुसार चक्रवात विकास भयो र त्यसको असर नेपालमा प¥यो भने यही अक्टोबर ११/१२ तारिखतिर नेपालमा ठूलो वर्षा हुने सम्भावना देखिएको हो।