
काठमाण्डौ – सरकार र डाक्टर गोविन्द केसीबीच सहमति भएसँगै आवासीय चिकित्सक सङ्घले आजदेखि थाल्ने भनिएको आन्दोलन फिर्ताको घोषणा गरेको छ।

हिजो अबेरसम्म पनि डाक्टर केसीको मागमा सरकार गम्भीर नभएको भन्दै आजदेखि आकस्मिक र कोभिड-१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने निर्णय गरेका थिए । तर राति सहमति भएसँगै उनीहरुले आन्दोलन फिर्ताको घोषणा गरेका हुन् ।
बिज्ञापन



हिजो बेलुकी अबेरसम्म पनि डाक्टर केसीको मागमा सुनुवाइ हुने छाँट नदेखेपछि उनीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । जसअन्तर्गत त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र वीपी कोइराला विज्ञान प्रतिष्ठानमा आजदेखि आकस्मिक र कोभिड-१९ बाहेकका सबै उपचार बहिष्कार गर्ने उनीहरुले चेतावनी दिएका थिए ।
