
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसमुक्त भएका छन् । संक्रमित भएको १२ दिनपछि उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
राष्ट्रपति ट्रम्पको कोरोना रिपोर्ट नेगेटिभ आएको ह्वाइट हाउसका फिजिसियन डा.शन कन्लीले जानकारी दिएका छन् ।

डा.कन्लीले जारी गरेको वक्तव्यमा ट्रम्पको पीसीआर रिपोर्ट नेगेटिभ आएको र अरुमा संक्रमण नफैलाउने उल्लेख छ ।



कोरोना भाइरसबाट मुक्त भएलगत्तै ट्रम्पले चुनावी अभियान सुरु गरेका छन् । उनले फ्लोरिडाको सनफोर्डमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका हुन् ।

उनले आफू ‘इम्यून’ भएको र अब भाइरसले आफूलाई आक्रमण गर्न नसक्ने बताएका थिए । कोरोना भाइरसलाई आफूले पराजित गरेको बताउँदै उनले सबैले पराजित गर्ने विश्वास व्यक्त गरे ।
१ अक्टोबरमा ट्रम्पमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित भएपछि उनी तीन दिनसम्म अस्पताल भर्ना भएका थिए ।