बिराटनगरमा नोबेल हस्पिटलका डाक्टर मृत फेला

माेरङकाे नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल विराटनगरमा कार्यरत एक चिकित्सक मृत फेला परेका छन्। मृत फेला पर्नेमा सप्तरी राजविराज घर भएका २७ वर्षीय डा. विजय यादव रहेका छन्।

नोवेल मेडिकल कलेजको स्वास्थ शिविरमा गएर शुक्रबार फर्केका उनी शनिबार बिहान मृत फेला परेकाे प्रहरीले जनाएकाे छ।घटनास्थल विराटनगर- ४ मा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ।